ईच्छा विपरित लोला हान्ने र रंग छ्याप्नेलाई प्रहरीले तत्काल कारबाही गर्ने



काठमाडाैंः नेपाल प्रहरीले होलीका समय हुने अमर्यादित र उछृङखल गतिविधि रोक्न बिशेष योजना लागु गरेको छ । उपत्यकासहित मुलुकभरका जिल्लामा बिगतको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा योजना तयार पारिएको प्रहरीले जनाएको छ ।

होलीको बहानामा हुने अमर्यादित र अवान्छनीय गतिविधि रोक्न जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाएको प्रहरीले दुर्घटना न्युनिकरणका लागि थप अभियान चलाउने जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीका अनुसार होलीकाे क्रममा हुने झै-झगडा, मादक पदार्थ सेवन नियन्त्रणका लागि प्रहरीले सुरक्षा योजना तयार पारेको हो । सुरक्षा ब्यबस्थापनमा आएको कडाईसँगै केही वर्षयता भने उपत्यकासहितका स्थानमा होली केहि संयम बन्दै गएको छ । 

यसवर्ष पनि मुख्य रुपमा सडक र बजार क्षेत्रमा होलीलाई व्यवस्थित र मर्यादित बनाउन योजना केन्द्रित हुने सुबेदीले बताए। होलीका समय अमर्यादित क्रियाकलाप भए कानुन बमोजिम कारबाहिको दायरामा ल्याईने उनले बताए । यसअघिका होलीमा भएका घटनाबाट पाठ सिक्दै प्रहरीले सोही अनुसारको सर्तकता अपनाएको उहाँले उल्लेख गरे । होलीको सास्कृतिक र धार्मिक महत्वलाई आधार मान्दै सभ्य र शिष्ट रुपमा प्रस्तुत हुन पनि प्रहरीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्