बाँके अदालतका पाँच कर्मचारीमा कोरोना



बाँके : बाँकेमा अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अदालत बाँकेका पाँच जनामा आइतबार कोरोना पुष्टि भएको हो । त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ ।

अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ । कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो ।

समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्