अबको केही दिन माैसम सफा रहने



काठमाडौँ : अबको केही दिन नेपालमा माैसम सफा रहने भएको छ । जस अनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी बर्षा कम हुनेछ ।

तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कलझुक्कल बर्षा भइ नै रहनेछ ।

एक दुई स्थानमा छोटो समयको भारी बर्षा पनि हुने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम बर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी बर्षा पनि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्