काठमाडौं महानगरले ल्यायो ५ वटा ब्रुमर



काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि नयाँ बु्रमरले सडक सफा गर्ने भएको छ। राजधानीका सडकको धूलो सफा गर्न ५ वटा ब्रुमर ल्याएको छ। महानगरले लामो समयदेखि ब्रुमर खरिद गर्ने भन्दै आएको थियो। 

केही दिनअघि ती ब्रुमर राजधानी ल्याइसकेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘केही दिनअघि ब्रुमर ल्याइसकेका छौं’ उनले भने, ‘होली सकिएपछि ब्रुमरले सडक सफा गर्न थाल्छौं।’

महानगरले  १० करोड ८० लाख रुपैयाँ खर्चेर ब्रुमर खरिद गरेको हो। कूचो र ट्यांकरको सहायताले मात्र सडक दिनहुँ सफा गर्र्न नसक्ने भएपछि महानगरले ब्रुमर खरिद गरेको श्रेष्ठले जानकारी दिए। 

महानगरपालिकासँग यसअघि ३ वटा बु्रमर भए पनि दुईटा बिग्रिएको र मर्मत गर्न नसक्दा त्यतिकै थन्किएका छन्। एउटा ब्रुमर कहिलेकाहीं चलाए पनि धुलो व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्