लागूऔषधसहित दुई जना पक्राउ



सुनसरी : सुनसरी जिल्लाको कोशी गााउपालिका ३ केराबारीस्थित सीमा क्षेत्रबाट सोमबार एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको इटहरी उपमहानगरपालिका १ बस्ने ४० वर्षीय राम प्रवेश बिक र ४२ वर्षीय अशोककुमार साह छन् ।

को २२ प ५१५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी १५ बोतल र नाईट्रोजन ट्याब्लेट १७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजहरुको साथबाट ३ हजार ५ सय ६५ रुपैयाँ तथा दुई वटा मोबाईल सेट समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ गरेका दुवै जनालाई बरामद लागूऔषध, रुपैयाँ तथा मोबाईलसेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले मंगलबार करिब चार लाख ५० हजार रुपैयाँ बराबरको सुपारी तथा ओखर बरामद गरेको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित नकलबन्दामा वेवारिसे अवस्थामा रहेको उक्त सुपारी तथा ओखर बरामद गरिएको हो ।

त्यस्तै बाँके जिल्लाको डुडुवा गाँउपालिका १ चौखेरीपाजास्थित राप्ती नदीको किनारबाट साउन २० गते एपीएफ टोलीले करीब दुई लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गंगापुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ पिपहरुवाबाट साउन २० गते एपीएफ टोलीले करीब दुई लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्