जनताको जलविद्युत कार्यक्रमको तयारी पूरा



काठमाडौं : जनताको जलविद्युत आयोजना कार्यक्रमको सबै तयारी पूरा भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

बिहीबार पहिलो चरणमा माथिल्लो त्रिशूली थ्रि ‘बी’ को साधारण सेयर (आइपिओ) खुला हुने भएको छ। ‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको सेयरधनी’ नारासहित पहिलो आइपिओ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आवेदन दिने छन्।

प्रधानमन्त्रीले बिहीबार बिहान साढे ९ बजे आइपिओ आवेदन दिने कार्यक्रम रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए।सरकारले नेपाली लगानीमा ३ हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्न कार्यक्रम लागू गरेको हो।

आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत र प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत सेयर रहने व्यवस्था गरिएको छ। सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्न फागुन २ गते प्रधानमन्त्री आफैंले पहिलो सेयर किन्ने बताएका थिए। 

प्रतिक्रिया दिनुहोस्