गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ ११ जना संक्रमितहरुको विवरण यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्