नवलपरासीको स्थानीय पोखरीमा गोही भेटियो



नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ।

 

बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो। 

 

उक्त गोहीलाई आज सम्बन्धित निकायको उपस्थितिमा पोखरीबाट निकालिने र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय गोपाल पाण्डेले जानकारी दिए। 

 

पश्चिम नवलपरासीमा पछिल्लो पटक विभिन्न नदीनाला तालतलाब क्षेत्रमा गोही फेला पर्ने क्रम बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्