अनिद्राको अचुक उपाय !



काठमाडौंः तपाईंलाई राति ढिलासम्म निद्रा आउँदैन र बारम्बार कोल्टे फेरिरहनुहुन्छ भने तपाईंलाई अनिद्राको समस्या छ ।

दिनभरी काम गरेर पनि राति राम्रो सुत्न नसक्ने मानिसहरू भेटिन्छन् । यसको एउटा कारण स्ट्रेस हो । यहाँ हामी अनिद्राको समस्या हटाएर मीठो निद्रा दिलाउने एउटा विशेष ड्रिंकका बारेमा बताइरहेका छौं । कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । त्यसैले राम्रो निद्रा दिलाउन यो सफल छ । अफिसको टेन्सन वा घरका समस्याका कारण मानिसहरू स्ट्रेसमा हुन सक्छन् ।

कागतीले स्ट्रेस कम गराउँछ । चिकित्सकहरू लेमन ड्रिंकको फ्लेवर भएको परेफ्युम र रूम फ्रेशनर सुँघ्ने सल्लाह दिन्छन् । त्यसले स्ट्रेस घटाएर निद्रा दिलाउँछ र केही समयमै असर देखाइहाल्छ ।

कागतीको ड्रिंक बनाउनका लागि चाहिने सामग्री

१. एउटा कागती
२. एक चिम्टी नून
बनाउने विधि
१.कागतीलाई काट्नुस् ।
२.त्यसको रस निचोरेर निकाल्नुस् ।
३.एक गिलास पानीमा कागतीको रस राखेर मज्जाले मिलाउनुस् ।
४.त्यसमा नून हाल्नुस् र सुत्नुभन्दा आधा घन्टाअघि पिउनुस् ।
५. तीन दिन लगातार पिएपछि नै अनिद्राको समस्या निकै समाधान हुन्छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्