कोरोना संक्रमितको खानामा किरा, गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड



जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव उत्पन्न भएको छ ।
अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुले खानामा किरा भेटेपछि आक्रोशित हुँदै आइसोलेसनका टेवुलकुर्सी समेत तोडफोड गरेका छन् । किरा भएको खाना भेटेपछि यसले हामीलाई झन रोगी बनाउने भन्दै आफुहरु भोक हड्तालमा बसेको आइसोलेसनमा बसेका एक संक्रमितले बताए ।

उनले भने,‘पटक–पटक गुनासो गर्दा पनि अस्पताल व्यवस्थापन पक्षले कुनै चासो दिएन् । मेयर, सांसद र मन्त्रीहरु संक्रमित भएपछि आ–आफ्नो सुविधाको हिसाबले कोही काठमाण्डौमा त कोही घरमै आइसोलेसनमा बसेका छन् । तर, हामी सर्वसाधारण जनतालाई आइसोलेसनमा भेडाबाख्रा जस्तै व्यवहार सहनु परेको छ । हामीसँगै यहाँ आइसोलेसनमा १० वर्ष मुनिका बालबालिकाहरु पनि छन् । खाना त के यहाँ पानी समेतको व्यवस्था गरिएको छैन ।’

कोरोना संक्रमित आक्रोशित युवकहरुले तोडफोड गरेपछि तनाव उत्पन्न हुँदा आईसोलेसनमा खटेका स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापकीय टोली आईसोलेसन छाडेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत कुमार झाले बताए ।

प्रकाशित: साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्