यस्तो छ आगमी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौं : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी शनिबार पनि देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी आइतबार राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरु र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्