लेबनान सरकारविद्धरु प्रदर्शन



एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोपछि आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका छन् ।

गत मंगलबार राति भएको शक्तिशाली विस्फोटमा कम्तिमा १ सय ५८ जनाले ज्यान गएका छन् भने पाँच हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । साथै तीन लाख मानिस घरबारविहिन भएका छन् ।

हजारौँको संख्यामा रहेका प्रदर्शनकारीले मन्त्रालयहरु घेराउ गरेका छन् । प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । केन्द्रीय शहीद स्क्वायर क्षेत्रबाट बन्दुकको आवाज पनि आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता लेबनान सरकारका अनुसार विगत ६ वर्षदेखि असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइटका कारण विस्फोट भएको हो । सो विस्फोटक पदार्थ पानीजहाजबाट बरामद गरी त्यहाँ राखिएको थियो ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्