गोङ्गबुमा भेटियो सुटकेशमा शव



काठमाडौं : काठमाडौंको गोंगबुमा सुटकेशमा शव फेला परेको छ । गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

उनका अनुधार पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो।
फोरेन्सिक टोली बोलाएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्