बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भगवान बुद्ध नेपालमा जन्मिएको बताएका हुन् । भारतीय विदेशमन्त्रीएस जयशंकरको बुद्ध महान भारतीय नागरिक भन्ने अभिव्यक्ति आएपछि शर्माले विरोध गरेका हुन्।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ । आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन’– प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए।

त्यसैगरी शर्माले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिबाट दर्ता प्रमाण आफूहरूले नमागेको पनि उनले जनाएका छन् ।

उनले लेखेका छन्– ‘भारतीय भुमिबाट विगतमा आएका टिप्पणीपनि ञनेपाल बुद्ध भुमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।’

प्रतिक्रिया दिनुहोस्