भक्तपुरको जगातीमा पिकअप र मोटरसाइकल ठोक्किदा चालकको मृत्यु



काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा पिकअप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए ।

श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएको थियाे । उपचारकै क्रममा राति पौने १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।

गाडी चालक रामेछापको सुनापती गाउँपालिका-७ खनियापानी घर भई हाल काठमाडौंको शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्