सर्लाहीमा ७ दिनका लागि निषेधाज्ञा जारी



सर्लाही : सर्लाही जिल्लाभर ७ दिनका लागि निगोधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

कोरोनाभाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय सीसीएमसीको आइतबार मलंगवामा बसेको बैठकले जिल्लाभर एक साताका लागि निषाधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन निषेध गरेको छ । सीसीएमसीको भौतिक दूरी कायम गर्दै मास्क लागाएर, स्वास्थ्य, विद्युत्, दूर सञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषिकार्यबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाबाट हाल हुँदै आएका सबै खाले सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्दा जिल्लाका ठूला व्यापारिक केन्द्रका बरहथवा, मलंगवा, ईश्वरपुर, लालबन्दीलगायतका जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पाइएकाले निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित : साउन २७, २०७७

प्रतिक्रिया दिनुहोस्