निर्वाचन आयाेग आयुक्तविहीन



काठमाडाैंः  निर्वाचन आयोग प्रमुख निर्वाचन आयुक्त र आयुक्तविहीन भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको पदावधि सकिएपछि आयोगमा दुई पद रिक्त भएका हुन् ।

२०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गरेका यादव २०६९ को नियुक्तीमा फेरि आयुक्त बन्दै प्रमुख आयुक्तमा नियुक्त हुनुभएको थियो । त्यस्तै २०६९ सालमा इला शर्मा आयुक्त नियुक्त हुनुभएको थियो । अबको नेतृत्वले नै प्रतिनिधिसभा, प्रदेशसभा र तहको निर्वाचनसमेत गराउने हुँदा महत्वका साथ लिइएको छ । नरेन्द्र दाहाल वरिष्ठताका आधारमा प्रमुख आयुक्तको दावेदार छन्। प्रमुख आयुक्त बन्ने दौडमा अवकास पाउन लागेका सचिवहरू समेत छन् ।

प्रतिक्रिया दिनुहोस्