बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ



बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान उपचारका क्रममा मृत्यु भएका २५ वर्षीय युवा प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ का तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । राति १२ कपलवस्तुको अस्पतालबाट रिफर गरेर बुटवलको कोरोना विशेष अस्पतालमा ल्याएर भेन्टिलेर राखीएका तेलीको २ बजे मृत्यु भएको थियो ।

मृतक तेलीको पीसीआर रिपोर्टमा नेगेटिभ आएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । उनले तेलीको मृगौलामा समस्या रहेको त्यसको असर फक्सोमा पनि पुगेका कारण मृत्यु भएको बताए ।

तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । भारतबाट नै आउँदा ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए । श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । उनले शव जिम्मा परिवारलाई लगाउने तयारी भइरहेको छ ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्