प्रतिनिधिसभा सदस्य यादवसहित १९९ जना संक्रमित, ७ हजार बढिको रिपोर्ट आउन बाँकी



जनकपुरधामः प्रदेश नं.२ मा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहित पछिल्लो २४ घण्टामा १ सय ९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (शुक्रबार) धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २०÷२० जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ । संक्रमितमध्ये ५ हजार ८ सय ६८ पुरुष र ७ सय ५९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु प्रादेशिक अस्पताल जनकपुरका २४ देखि २८ बर्ष उमेर समुहका ४ जना महिला र २४ देखि ६० बर्ष उमेर समुहका ७ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिकाका १९ देखि ७० बर्ष उमेर समुहका ९ जना पुरुष, जानकी हेल्थ केयर अस्पतालका १ देखि ६२ बर्ष उमेर समुहका ५ जना बालकदेखि पुरुष, स्वास्थ्य कार्यालय धनुषाकी ४४ बर्षिया एक महिला र ३३ देखि ५१ बर्ष उमेर समुहका ५ जना पुरुष, मुक्तिनाथ विकास बैंकका ३० देखि ३९ बर्ष उमेर समुहका ३ जना पुरुष, धनौजी गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ६५ बर्षिय एक पुरुष, मिथिला बिहारी नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २२ बर्षिय एक युवक, मुखियापट्टी मुसहरनिया गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी ७२ बर्षिया एक बृद्धा, हंसपुर नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २६ बर्षिया एक महिला, जमुनिवास–४ का २३ बर्षिय एक युवक, मिथिला नगरपालिकाका २२ देखि ४८ बर्ष उमेर समुहका ६ जना पुरुष, औरही गाउँपालिका–७ का ३५ बर्षिय एक पुरुष, बटेश्वर गाउँपालिका–२ का २६ बर्षिय एक पुरुष, लक्ष्मिनीया गाउँपालिका–२ र ४ का ५० र ५५ बर्षिया २ जना महिला एवं २५ बर्षिय एक पुरुष, उदयपुरगढी घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २५ बर्षिय एक पुरुष, कमला नगरपालिकाकी ४५ बर्षिया एक महिला र ठेगाना खुल्न नसकेका २० बर्षिया एक युवती र ३६ बर्षिय एक पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ देखि २५ सम्मका २१ र ४५ बर्षिया २ जना महिला एवं २३ देखि ६९ बर्ष उमेर समुहका १२ जना पुरुष, आर्मी ब्यारेकका २८ बर्षिय एक नेपाली सेना, वीरगञ्ज घडिअर्वाका ३० र ३८ बर्षिय २ जना पुरुष, वीरगञ्ज श्रीपुरका २८ र ५० बर्षिय २ जना पुरुष, ग्लोबल आईएमइ बैंकका ३२ बर्षिय एक पुरुष, महोत्तरीको जलेश्वर घर भई हाल नारायणी अस्पतालमा रहेका ३७ बर्षिया एक महिला र ४ बर्षिय एक बालक, नारायणी अस्पतालका २७ र ४५ बर्षिया २ जना महिला एवं २० देखि ५२ बर्ष उमेर समुहका ४ जना पुरुष तथा नारायणी अस्पताल क्वार्टरका ४३ र ५३ बर्षिया २ जना महिला एवं ५० बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

सर्लाहीका संक्रमितहरु लालबन्दी नगरपालिका–१० का ५५ बर्षिइ एक पुरुष र ठेगाना खुल्न नसकेका २१ देखि ४१ बर्ष उमेर समुहका ४ जना महिला एवं २३ देखि ६८ बर्ष उमेर समुहका २२ जना पुरुष रहेका छन् ।

रौतहटको गौर नगरपालिकाका ३० बर्षिय एक पुरुष, देवाही गोनाही नगरपालिकाका ३७ बर्षिय एक पुरुष, इशनाथ नगरपालिका–५ र ८ का ५० देखि ७० बर्ष उमेर समुहका ३ जना पुरुष, गढीमाई नगरपालिका–२ का २७ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १० देखि ७२ बर्ष उमेर समुहका ७ जना महिला एवं १८ देखि ५२ बर्ष उमेर समुहका ११ जना पुरुष संक्रमित भएका छन् ।

सप्तरीको राजविराज नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २५ बर्षिया एक महिला, राजविराज नगरपालिकाका ७ देखि ६७ बर्ष उमेर समुहका ५ जना महिला एवं ३ देखि ६५ बर्ष उमेर समुहका ११ जना पुरुष, सप्तकोशी नगरपालिका–१ का ५४ बर्षिय एक पुरुष, बोदेबर्साइन नगरपालिका–२ का ४६ बर्षिय एक पुरुष, विष्णुपुर गाउँपालिका–१ का ४५ बर्षिय एक पुरुष र खडक नगरपालिका–२ का ४९ बर्षिय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

महोत्तरीका संक्रमितहरु जलेश्वर नगरपालिकाका १९ देखि ७३ बर्ष उमेर समुहका ५४ जना महिला एवं १५ देखि ८१ बर्ष उमेर समुहका ११ जना पुरुष, एकरहियाका १९ बर्षिय एक युवक, जलेश्वर घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेकी २६ बर्षिया एक महिला र औरही नगरपालिकाका १९ र ३० बर्षिय २ जना पुरुष रहेका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१४ देखि २५ सम्मका १३ देखि ४२ बर्ष उमेर समुहका ६ जना महिला एवं २ देखि ५२ बर्ष उमेर समुहका १३ जना पुरुष र विश्रामपुर घर भई हाल नारायणी अस्पतालमा रहेका २४ बर्षिय एक युवक संक्रमित भएका छन् भने सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० बर्षिय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ११ हजार १ सय ८६, सिरहामा ५ हजार २ सय ८८, धनुषामा ८ हजार २ सय ४१, महोत्तरीमा ४ हजार ९ सय ५५, सर्लाहीमा ७ हजार ६ सय ९९, रौतहटमा १७ हजार ४ सय ४९, बारामा ६ हजार ५ सय ९१ र पर्सामा १५ हजार १ सय १६ जना गरि जम्मा ७६ हजार ५ सय २५ जनाको स्वाब परिक्षण गरिएकोमा ६ हजार ६ सय २७ जना संक्रमित भएका छन् भने ६२ हजार ८ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ७७, सिरहामा ४ सय २०, धनुषामा ९ सय १२, महोत्तरीमा १ हजार ६५, सर्लाहीमा १ हजार २ सय ६६, रौतहटमा ६ सय ३८, बारामा ७ सय ६४ र पर्सामा ८ सय ६८ जना गरि कुल ७ हजार १० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३ सय ७९, सिरहामा १ सय ८३, धनुषामा १ सय ७५, महोत्तरीमा ३ सय ५४, सर्लाहीमा ६ सय ४६, रौतहटमा ३ सय ३, बारामा ३ सय ७७ र पर्सामा १ सय ८२ जना गरि २ हजार ५ सय ९९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ७ सय २८ बेड क्षमताको २ सय २१ वटा क्वारेन्टाइनमा अहिले १ हजार ६ सय ४५ जनालाई राखिएको छ भने २ हजार २ सय ९९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार ९२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ४१, सिरहामा ४३, धनुषामा १ सय १२, महोत्तरीमा ५९, सर्लाहीमा १ सय ६०, रौतहटमा ४१, बारामा ५३ र पर्सामा ४ सय १६ जना गरि १ हजार २५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार ३ सय ८० जना संक्रमित भएका छन् । पर्सामा १ हजार १ सय ८३, धनुषामा ९ सय ९०, महोत्तरीमा ९ सय ८८, सर्लाहीमा ८ सय ८०, सप्तरीमा ६ सय ३४, बारामा ३ सय २० र सिरहामा २ सय ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४८ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १७, महोत्तरीका १, बाराका ८ र पर्साका २२ जना व्यक्तिहरु रहेका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय २४, सिरहाका २ सय ५, धनुषाका ६ सय ६८, महोत्तरीका ३ सय ७०, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ८२ र पर्साका २ सय ९३ जना गरि ३ हजार ५ सय ४८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३, रौतहटमा २, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरि ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्