दोलखामा भदौ ६ सम्म लकडाउन



दोलखा : कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आगामी भदौ ६ सम्मका लागि लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।

केही स्थानीय तहमा समेत कोभिड–१९ का संक्रमित देखिएको र संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्