झारफुक गर्ने बाहनामा बलात्कार गर्ने पक्राउ



दाङ : झारफुक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् ।

ती पुरुषले झारफुकको बाहनामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगपछि प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई साउन २० गते राति करिब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा घरमै जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओरोपित पुरुषलाई साउन २९ गते पक्राउ गरिएको र सल्यान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्