बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका लागि अस्पताल पुगेका ती पुरुषमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।

ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्