बिग बासमा अनुबन्धित सन्दीप, पारिश्रमिक कम्तीमा ६० हजार डलर



काठमाडौं– नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ ।  

 

सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । १८ बर्से लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् ।

 

’सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्’, सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले भने । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्