प्रदेश २ मा शनिबार १९४ जना संक्रमित थपिए, ८ हजार ४१४ को रिपोर्ट आउन बाँकी



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ९४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (शनिबार) सर्लाहीमा ५४ जना, पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ जना र बारामा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय २१ पुगेको छ । संक्रमितमध्ये ६ हजार २५ पुरुष र ७ सय ९६ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सर्लाहीमा संक्रमण पुष्टी भएकाहरु लालबन्दी नगरपालिका–२ का २४ र ५० बर्षिय २ जना पुरुष, वसन्तपुरका २५ बर्षिय एक पुरुष, मलङ्गवा नगरपालिकाका ३४ बर्षिय एक पुरुष, बरहथवा नगरपालिका–५ का ५ देखि ४७ बर्ष उमेर समुहका ११ जना महिला र ६ देखि ७० बर्ष उमेर समुहका २८ जना पुरुष र ठेगाना खुल्न नसकेको ३० बर्षिया एक महिला एवं २५ देखि ६० बर्ष उमेर समुहका १० जना पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाका ३० र ५८ बर्षिय २ जना पुरुष, विन्दवासिनी गाउँपालिका–२ का १८ बर्षिय एक युवक, बिरुवागुठी स्वास्थ्य चौकीका २४ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुष र ठेगाना खुल्न नसकेको २० देखि ७० बर्ष उमेर समुहका १६ जना महिला एवं ६ देखि ५० बर्ष उमेर समुहका २६ जना पुरुष संक्रमित भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ देखि १९ सम्मका ४० देखि ५० बर्ष उमेर समुहका ३ जना महिला र १२ देखि ५२ बर्ष उमेर समुहका ८ जना पुरुष, प्रादेशिक अस्पताल जनकपुरका ३१ र ३२ बर्षिय २ जना पुरुष, जानकी आँखा अस्पताल जनकपुरका ४० बर्षिय एक पुरुष, सिद्धार्थ बैंकका २८ र ३२ बर्षिय २ जना पुरुष, मुक्तिनाथ विकास बैंकका २० बर्षिय एक पुरुष, जिल्ला अदालत जनकपुरका ३२ बर्षिय एक पुरुष, जिल्ला प्रहरी कार्यालय जनकपुरका २२ बर्षिय एक पुरुष, क्षीरेश्वरनाथ नगरपालिका–५ का ४८ बर्षिया एक महिला र ५८ बर्षिय एक पुरुष, लक्ष्मिनीया गाउँपालिका–२ की ७ बर्षिया एक बालिका, हंसपुर नगरपालिका–३ का ३३ बर्षिय एक पुरुष, डुमरिया–८ का २२ बर्षिय एक युवक, टिकुलिया–१ का ४६ र ५२ बर्षिय २ जना पुरुष, बडिया–७ का ६५ बर्षिय एक पुरुष, जनकपुरधाम उपमहानगरपालिका–२ घर भई हाल ललितपुरस्थित धापाखेलमा रहेकी ४२ बर्षिया एक महिला, मथनाका २६ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका ३० देखि ६५ बर्ष उमेर समुहका ३ जना पुरुष संक्रमित भएका छन् ।

सप्तरीका संक्रमितहरु राजविराज नगरपालिका वडा नम्बर–६ र ८ का ७० बर्षिया एक बृद्धा र २० देखि ३७ बर्ष उमेर समुहका २२ जना पुरुष, खडक नगरपालिका–१० का ४५ बर्षिया एक महिला र २० बर्षिय एक युवक, डाकनेश्वरी नगरपालिका–९ का ५० बर्षिय एक पुरुष र विष्णुपुर गाउँपालिका–२ का ३२ बर्षिय एक पुरुष रहेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–१, ५ र ९ का २० देखि ३२ बर्ष उमेर समुहका ३ जना पुरुष, भङ्गहा नगरपालिका–३,४ र ६ का २४ देखि ४२ बर्ष उमेर समुहका ४ जना पुरुष, बर्दिबास नगरपालिका–१ र १२ का २५ र २७ बर्षिय २ जना पुरुष, पिपरा गाउँपालिका–७ का ४० बर्षिय एक पुरुष, एकडारा गाउँपालिकाका ३१ र ६० बर्षिय २ जना पुरुष र सोही गाउँपालिका–६ का १९ र ३० बर्षिय २ जना पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

सिरहाका संक्रमितहरु विष्णुपुर गाउँपालिका–१ का ४० बर्षिय एक पुरुष, भगवानपुर गाउँपालिका–१ का २५ बर्षिय एक पुरुष, लहान नगरपालिका–२४ का २७ बर्षिय एक पुरुष, बरियारपट्टी गाउँपालिकाका ५२ बर्षिया एक महिला र २५ बर्षिय एक पुरुष, नवराजपुर गाउँपालिकाका २० बर्षिय एक युवक, मिर्चैया नगरपालिकाका ४९ बर्षिय एक पुरुष, सशस्त्र प्रहरी बल लहानका २१ र ३९ बर्षिय २ जना पुरुष, लहान नगरपालिका–२ का २५ बर्षिय एक पुरुष र ठेगाना र उमेर खुल्न नसकेका १ पुरुष रहेका छन् ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर–५ र ८ का ५० देखि ७० बर्ष उमेर समुहका ३ जना पुरुष र ठेगाना खुल्न नसकेको १५ बर्षिय एक युवक र ३६ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ४० बर्षिय एक पुरुष, महागढीमाई नगरपालिकाका २३ बर्षिय एक युवक र ठेगाना खुल्न नसकेको ६७ बर्षिय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा ११ हजार ३ सय २८, सिरहामा ५ हजार ४ सय ५७, धनुषामा ८ हजार ४ सय ६५, महोत्तरीमा ५ हजार ४१, सर्लाहीमा ८ हजार १ सय ६९, रौतहटमा १७ हजार ८ सय १९, बारामा ६ हजार ५ सय ९१ र पर्सामा १५ हजार ३ सय १ जना गरि जम्मा ७८ हजार १ सय ७१ जनाको स्वाब परिक्षण गरिएकोमा ६ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने ६२ हजार ९ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार २ सय १९, सिरहामा ५ सय, धनुषामा १ हजार १ सय १०, महोत्तरीमा १ हजार १ सय ५१, सर्लाहीमा १ हजार ७ सय ३६, रौतहटमा १ हजार ३२, बारामा ७ सय ६४ र पर्सामा ९ सय २ जना गरि कुल ८ हजार ४ सय १४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ४२, सिरहामा १ सय ६९, धनुषामा २ सय २४, महोत्तरीमा ८६, सर्लाहीमा ४ सय ७०, रौतहटमा ३ सय ७० र पर्सामा १ सय ८५ जना गरि १ हजार ६ सय ४६ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ७ सय २८ बेड क्षमताको २ सय २१ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ६१ जनालाई राखिएको छ भने २ हजार १ सय ४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १ सय ३९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८८, सिरहामा ५०, धनुषामा १ सय १५, महोत्तरीमा ६२, सर्लाहीमा १ सय ६०, रौतहटमा ४१, बारामा ५३ र पर्सामा ४ सय ७ जना गरि १ हजार ७६ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार ३ सय ८५ जना संक्रमित भएका छन् । पर्सामा १ हजार २ सय ३१, धनुषामा १ हजार २२, महोत्तरीमा १ हजार २, सर्लाहीमा ९ सय ३४, सप्तरीमा ६ सय ६१, बारामा ३ सय २३ र सिरहामा २ सय ६३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ६४ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २२, धनुषाका १४ र पर्साका २८ जना व्यक्तिहरु रहेका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय ४६, सिरहाका २ सय ५, धनुषाका ६ सय ८२, महोत्तरीका ३ सय ७०, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ८२ र पर्साका ३ सय २१ जना गरि ३ हजार ६ सय १२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा २०, धनुषामा ७, बारामा ६, सप्तरीमा ३, रौतहटमा २, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरि ४३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्