घाँटी रेटिएको अवस्था युवकको शव फेला



रौतटह : रौतहटमा घाँटी रेटिएको अवस्था एक युवकको शव फेला परेको छ ।

गरुडा नगरपालिका–८ जिङ्गडिया निवासी नन्दलालका २० वर्षीय छोरा निरन्जन रामको घाँटी रेटिएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

डीएसपी ज्ञान कुमाार महतोका अनुसार शिवानी पेट्रोल पम्पको पछाडि करिब ५ सय मिटर पूर्व र जिङ्गडिया गाउँको पश्चिम बनेको नयाँ सडकको छेउमा शव फेला परेको हो ।

उनले अहिले घटनाबारे अनुसन्धान थप भइरहेको जनाएका छन् ।

प्रकाशित : साउन ३२, २०७७

प्रतिक्रिया दिनुहोस्