पेट्रोलियम पदार्थको भाउ बढ्यो



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज (आइतबार) राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्