ललितपुरमा सार्वजनिक यातायात सञ्चालनमा रोक



ललितपुर : कोरोनाको जोखिम उच्च भएपछि ललितपुरको दक्षिण भेगमा रहेका ३ वटा स्थानिय तहले आज (सोमबार) देखि सार्वजानिक यातायात सञ्चालनमा रोक लगाएको छ ।

हिजो बसेको तिनैवटा गाउँपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि यातायात चलाउन नदिने निर्णय गर्दै ठाउँठाउँमा चेकपोष्ट राखेर कडाई गरिने भएको छ ।

कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाले एक विज्ञप्ति सार्वजनिक गर्दै आजदेखि भदौ १५ गते सम्मका लागि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएकाे जानकारि दिएका छन ।

गाउँपालिका कार्यालयबाट दिइने अत्याआवश्यकिय सेवा बाहेक अन्य सेवा पनि १५ दिनका लागि आजदेखि बन्द हुने विज्ञप्ति उल्लेख गरीएकाे छ । दुध, तरकारी र खाद्यन्न बोक्ने गाडीमा चालक र सहचालक मात्रै बसेर चलाउन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्