रंगाशाला निर्माणमा धमला दम्पत्तीले गरे तीन लाख सहयोग



काठमाडाैंः धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं १५ स्थित रामपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालानिर्माण अभियानमा नायिका एलिजा गौतमले जोडिएकी छिन। सोमबार आफ्नो जन्मदिनको अवसर पारि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालानिर्माणका लागि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी हुन् । सोही अवसरमा उहाँको श्रीमान तथा चर्चित संचारकर्मी  ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालानिर्माणका लागि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी हुन् । सोही अवसरमा उहाँको श्रीमान तथा चर्चित संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

रङ्गशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ। देशविदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताएका छन्।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माणाधिन उद्देश्यीय रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर नगरपालिका भित्र निर्माण गर्नेछ छ। फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरि २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो

चितवन जिल्लामा बन्ने यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। यसमा २५ हजार दर्शक अट्नेछन्। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।

रङ्गशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ। जसमा एक सिंगे गैँडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन्। त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन्। क्रिकेट खेलाडीहरू उत्पादन गर्न एकेडेमी पनि रङ्गशाला रहनेछ।

प्रतिक्रिया दिनुहोस्