सेलपे सेल्सवेरीको १५ प्रतिशत डिस्काउण्ट अफर



काठमाडौं : सेलकमको सेलपे सेवाले सेलपे सेल्सवेरी अफल ल्याएको छ । सेवाले सेल्सवेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सवेरी अफल ल्याएको हो । यो अफर कार्तिक ३० गतेसम्म लागू हुने सेलपे सेवाले जनाएको छ्र ।

यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सवेरी डिपार्टमेन्ट स्टोरको २३ वटा आउटलेटमा कुनै पनि सामान खरिद गरी सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउण्ट (अधिकतम ५ सय) पाउने छन् ।

सेलपे सेल्सवेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सवेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्न सकिन्छ । साथै सेलपे एप्पमा रहेको ‘पे मर्चेन्ट’ क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्न सकिन्छ ।

यो अफरको लाभ लिन आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने हुन्छ ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्