मोरङमा कोरोनाबाट थप एकको मृत्यु



काठमाडौं : मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको वृद्धाको साँझ मृत्यु भएको हो ।

वीपीका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएपछि कोरोनाको लक्षण देखिएकोले वीपीमा समेत पीसीआर परीक्षण गरिएको हो ।

कोशीको रिपोर्टका आधारमा आकस्मिक कक्षमा भर्ना लिएर उपचार भई रहेकी ती महिलामा उच्च ज्वरो, निमोनिया र मुटुको समेत समस्या देखिएको थियो । स्वास्थ्य गम्भीर बन्दै गएपछि वीपीमा लगेर भर्ना गरिएको थियो ।

कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा कोरोना पृष्टि भएको थियो। मृतक महिलाको साउन २७ गते स्वाब संकलन गरेर कोशीमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि घरपरिवार तथा नातागोता समेतले स्याहार र सुसाहर गरेर बसेका थिए ।

योसँगै मोरङमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्