अछाम बाढी अपडेट : थप दुई जनाको शव फेला, १९ जना वेपत्ता



अछाम : अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले बगाएर वेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार अन्य १९ जना वेपत्ता भएका छन् ।

यसैगरी बाढीले १६ घर बगाएको छ । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

बाढीमा वेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

बगेका ४ जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो ।

सोमबार बिहान रामारोशन गाउँपालिकाको वडा नम्बर ३ सान्तडास्थित सैनीबजारमा पसेको बाढीले २२ घर बगाएको छ । अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने १५ जना वेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अछाममा बाढीले १६ घर बगायो, ४ जनाको शव फेला

प्रकाशित : भदौ ३, २०७७

प्रतिक्रिया दिनुहोस्