राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा



लमजुङ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ ।

आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मेका थिए ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु

कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स,

काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । आज रिट

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन्

काठमाडौं : कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ