आज सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमणको पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज १० जनामा संक्रमण देखिएको हो ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण देखिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित डोटी र अछामका हुन् । डोटीको सायल गाउँपालिकाका २ जना र दिपायल सिलगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा ३ जनामा पुष्टि भएको उनले बताए । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका-४ की २५ वर्षीया महिला, गौरीगंगा-९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका-४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८६ पुगेको छ ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्