‘बाढी पहिरो पीडितलाई तत्काल राहत प्रदान गर’-भीम रावल



काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अछामको रामारोशनमा बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

एक प्रेस वक्तव्य जारी गर्दै उनले बाढी पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अछाममा बाढीले बगाएका १७ मध्ये सात जनाको मृत्यु भएको छ र एकको जनाको सनाखत भएको छ ।

बाढी-पहिरोले रामारोशन-५, सैनिबजारका १७ जनालाई बगाएको छ । जसमध्ये हालसम्म सात जनाको शव भेटिएको छ भने १० जना अझै बेपत्ता छन् ।

बाढीपहिरोका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न उनले आग्रह गरेका छन् ।

साथै उनले विस्थापितहरूलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवं भौतिक संरचनाको पुनः निमार्णका लागि अध्ययन र योजना आरम्भ गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्