सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुदैंछ कारोबार ?



काठमाडौं : बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा एक हजार ६ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्