सांसदका चासो वास्तै गर्दैनन् मन्त्री, डेढ सय प्रश्नमा १९ वटाको मात्र जवाफ



काठमाडौंः सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । 

प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले १९ वटा प्रश्नको मात्र जवाफ दिएका थिए । योे अधिवेशनमा गृहमन्त्रीलाई २२ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २१ वटा प्रश्न सोधिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोधिएको एउटा प्रश्न अस्वीकृत भएको थियो । धेरैजसो प्रश्न निर्मला पन्त हत्या काण्ड, मेलम्ची खानेपानी आयोजना, सरकारको सुखी नेपाली समृद्ध नेपालको नाराको कार्यान्वयन, शान्ति सुरक्षालगायतका थिए। रक्षा मन्त्रालयलाई एउटा मात्र प्रश्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्