सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि



डडेल्धुराः आज (बिहीबार) सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५-१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ ।

डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले वताए ।

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्