बलात्कारकाे अाराेपमा युवक पक्राउ



पाँचथर : बालिका बलात्कारको आरोपमा पाँचथरको हिलिहाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

हिलिहाङ गाउँपालिका–७ का २८ वर्षीय रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई निगाले भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

स्थानीय १५ वर्षीया किशोरीलाई गत आइतबार जंगलमा लगेर तामाङले बलात्कार गरेको प्रहरीको भनाइ छ। पीडित परिवारले तामाङविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

 

बालिकाको स्वास्थ्य परिक्षण भइरहेको र थप अनुसन्धान पनि भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्