वर्ल्डलिंकले आफ्ना ग्राहकलाई आईपीभीबाट सिक्समा लैजादै



काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ ।

ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पु-याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ ।

जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस (IP Address) भनिन्छ । यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण  (IANA)  भन्ने अमेरिकी संस्थाले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन् ।

एउटा आईपी भर्सन फोर (IPv4) हो भने अर्को आईपी भर्सन सिक्स (IPv6) हो ।

हाल वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ । जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वर्ल्डलिंकको छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ । सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाऊनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एड्रेस ट्रान्सलेसन NAT  को कारण ले गतिविधि ट्र्याक गर्न निकै कठिन हुन्छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्