सनराइज बैंकले ल्यायो नारी बचत खाता अफर



काठमाडौं : सनराइज बैंकले शून्य मौज्दातमा नारी बचत खाता अफर ल्याएको छ ।

एक वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुटसहित बैंकले नारी बचत खाता अफर ल्याएको हो । साथै कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

महिलाले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म क्यास ब्याकको अफरसमेत रहेको बैंकले जनाएको छ ।

बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो खाता सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्