सुनको मूल्यमा गिरावट



काठमाडौं : नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्