कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु



काठमाडौँ : कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान-८ का ६८ वर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ती पुरुषको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

ती पुरुष ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । तर, उनमा २९ साउनमा नै कोरोना पुष्टि भएको थियो ।

उनको शव व्यवस्थापनको तयारी भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्