चीनमा जुम्ल्याहा बच्चाकाे फरक फरक बाबु भेटियाे



बेइजिङ : चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन्। डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ।

बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको खुलासा भएको हो। प्रहरीले डीएनए टेस्ट गराउने क्रममा यस्तो खुलासा भएको थियो ।

सोधपुछको क्रममा महिलाले स्वीकार गरिन् गल्ती

सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए । फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो । महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् । पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन्।

यससँगै उक्त दम्पत्तिले पाएको जुम्ल्याहा सन्तानको बारेमा चीन र विदेशमा समेत समाचार बनेको छ । अन्तर्राष्ट्रिय मिडियाले यस घटनालाई एक अनौठो समाचारको रुपमा सन्प्रेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्