उपत्यकामा २२४ सहित मुलुकभर ७४३ जनामा कोरोना संक्रमण



काठमाडौं : मुलुकमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

मन्त्रालयका प्रवक्त जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्