फेरी घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?



काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार केहि दिनदेखि घटेको सुनको मूल्य मंगलबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्