प्राइम लाइफको बोनस सेयर सूचीकृत



काठमाडौं : प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम लाइफको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १२ दशमलव ५० प्रतिशत अर्थात २५ लाख ९ हजार ९ सय २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबारको बजारमा कम्पनीको सेयर बढ्दो क्रममा रहेको छ । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुनेछ, र दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्