ट्याक्टरको ठक्करबाट सशस्त्रका सहायक प्रहरी हवल्दारको मृत्यु



जनकपुरधाम : सर्लाहीमा सवारी दुर्घटनामा परि सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ ।

सोमबार साँझ ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक प्रहरी हवल्दार दिलिप चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

सर्लाही रामनगर गाउँपालिका– ७ स्थित मधुवनी बरहथवा सडकखण्डमा बरहथवातर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई विपरीत दिशा तर्फबाट आउँदै गरेको नम्बर प्लेट बिनाको ट्याक्टरले ठक्कर दिदाँ चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सोमबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता चौधरी सवार मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक बलरा नगरपालिका– ९ का १६ वर्षीय रंजन चौधरीलाई पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्