नोकियाको नयाँ स्मार्टफोना बजारमा आउँदै



काठमाडौं : नोकियाले सन् २०२० का लागि नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । नोकियाले पाँच नयाँ स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेपछि सबैभन्दा पहिला ५.३ ल्याउने तयारीमा नोकिया छ ।

६४ मेवापिक्सेलको प्राइमेरी क्यामेरा भएको यो फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलमात्र रहेको छ । त्यस्तै ५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनको डिस्प्ले ६.५ इन्चको छ ।

क्वालकमको स्न्यापड्रागन ६६५ चिप रहेको यो फोनमा एन्ड्रोइड १० वन अपरेटिङ सिस्टम रहेको छ भने स्टोरेज र ¥याममा विभिन्न भेरियन्ट हुनसक्ने बताइएको छ ।

यसमा इन्ट्री लेभल ४ जिबी -याम र ६४ जिबी मेमोरी हुने छ ।

भारतीय बजारमा १५ हजार भारु हुने अनुमान गरिएको यस फोन नेपालमा कहिले उपलब्ध हुने बताइएको छैन ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्