डिशहोमले क्रेडिट समय १० दिन थप्यो



काठमाडौं : डिशहोमले आफ्ना ग्राहकलाई लिने क्रेडिट समय थप १० दिन बढाएको छ ।

यसअघि पाँच दिनमात्र दिँदै आएको यस्तो सुविधा अब १० दिन पाइने डिशहोमले जनाएको छ ।

यो सुविधामा ग्राहकहरुले रिचार्ज सकिएको १० दिनसम्म सेवा प्रयोग गर्न पाउनेछन् । यसरी सेवा प्रयोग गरेको १० दिन भने फेरि रिचार्ज गर्दा अवधि मिलान गरिने कम्पनीले जानकारी दिएको छ ।
यो सेवा सूचारु गर्नका लागि मोबाइलबाट म्यासेज पठाउनुपर्ने हुन्छ । CREDIT CustomerID टाइप गरी ३२५०० मा पठाउनुपर्ने छ ।

म्यासेज पठाएपछि १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमै आउने छ । ९८०१११२२३३ मा मिस्डकल गरेर पनि यस्तो सुविधा लिन सकिने छ ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्