सिभिल लघुवित्तको हकप्रद सेयर भर्ने म्याद भदौ २९ सम्म



काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो लगानीकर्ताको लागि शतप्रतिशत हकप्रद सेयर भर्ने म्याद थप गरेको छ ।

संस्थाले गत साउन २५ गतेबाट निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर भर्ने म्याद गरेको हो । यसअघि भदौ १४ गतेसम्म भनिएकोमा अब भदौ २९ गतेसम्म पु¥याइएको संस्थाले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केटस लिमिटेडले गरेको छ । लघुवित्तले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि असार १५ गते एक दिनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेको थियो । त्यसैले असार १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१ः१) अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्